चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण « Khabarhub

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । 

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

बिहीबार बिहान विदाइ समारोमा अन्तरिक्षा यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो’, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ । 

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जीजियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ ।

 अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छो हुन् । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  २ : ४९ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब