राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका भ्रमणमा गएका छन् ।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज अमेरिकाको निमन्त्रणामा अमेरिका गएका हुन् । अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको अमेरिकामा मोमो महोत्सवमा प्रमुख आतिथ्यता गर्नेछन् । उनले नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने पनि कार्यक्रम रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेका कारण जनतामा निराशा बढेको बताए । दसैँ, तिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : ४० बजे

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले