जब पाकिस्तानी प्रधानमन्त्री इमरानले विश्वकप जितेर फर्केको महशुस गरे « Khabarhub

जब पाकिस्तानी प्रधानमन्त्री इमरानले विश्वकप जितेर फर्केको महशुस गरे


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– तीन दिने अमेरिका भ्रमण सकेर बिहीबार स्वदेश फर्केका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूलाई विश्वकप जितेर फर्केजस्तो महशुस भइरहेको टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरी स्वदेश फर्केका उनलाई समर्थकहरुले स्वागत गरेका थिए । सोही क्रममा उनले आफूलाई विश्वकप जितेर फर्केजस्तो महशुस भइरहेको टिप्पणी गरेका हुन् ।

मुलुकको अर्थतन्त्रलाई असर नपरोस् भन्नाका लागि कतार एअरवेजको विमान चढेर आएका उनका समर्थकले विमानस्थलबाहिर उनको पक्षमा नाराबाजी गरेका थिए । अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अमेरिकी विदेशमन्त्री माइक पम्पेओ तथा अन्य वरिष्ठ अमेरिकी अधिकारीसँग वार्ता गरेका थिए ।

वार्ताका क्रममा दुई मुलुकबीचको द्विपक्षीय साझेदारी तथा प्रतिआतंकवादका विषयमा छलफल भएको थियो ।

सन् १९९२ मा भएको क्रिकेट विश्वकप जितेको पाकिस्तानी टोलीका कप्तान रहेका उनी ठिक एक वर्षअघि जुलाई २५ कै दिन निर्वाचनमा विजयी भएका थिए । कतार एअरवेजको विमानमार्फत् फर्केका उनले कतारको राजधानी दोहामा रोकिएर त्यहाँका समकक्षीसँग अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानीसँग पनि भेटवार्ता गरेका थिए ।

अमेरिकामा उनले अमेरिका तथा पश्चिमा मुलुकहरुसमक्ष पाकिस्तानीहरुले कमाएर विदेशमा लुकाएको कालो धन फर्काउन समेत आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री खानको अमेरिका भ्रमणलाई पाकिस्तानमा ठूलो कूटनीतिक विजयीको रुपमा अथ्र्याइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : १३ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत