रूसद्वारा मुख्य ब्याज दरमा थप दुई प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

रूसद्वारा मुख्य ब्याज दरमा थप दुई प्रतिशतले वृद्धि


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत  पुर्‍याएकोछ । युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो ।

‘हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,’ केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ । लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ ।

केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ । उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ । बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ ।

‘केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।’ रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो ।

विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ । मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ । सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ ।

केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्चलाई मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले भने, ‘हामीलाई लाग्छ कि आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जानेछ र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ । रूसी सांसदहरूले बिहीबार सन् २०२४-०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन् ।

सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत सङ्घपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ७ : ३७ बजे

अपाङ्गता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम– जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर

आशा लघुवित्तले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि

पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६