दुर्घटनामा परी प्रहरी जवानको मृत्यु « Khabarhub

दुर्घटनामा परी प्रहरी जवानको मृत्यु


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

बारा –मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए ।

आज बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा निजको मृत्यु भएको हो ।

निजले चलाएको ज१२प ७१५४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा १२ः१५ बजे प्रहरी जवानको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १० : ३० बजे

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर