'नेपालसँग स्थायी साझेदारी गर्ने चीनको चाहना' | Khabarhub Khabarhub

‘नेपालसँग स्थायी साझेदारी गर्ने चीनको चाहना’


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-छिमेकी राष्ट्र चीनले नेपालसँग सँधै स्थायी साझेदारी गर्न चाहेको जनाएको छ। चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले बिहीबार साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक साझेदारी आफ्नो देशको चाहना भएको बताए ।

चीनले कहीँ पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्तिसैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको बताए ।

चिनियाँ राष्ट्रपतिको निमन्त्रणा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यसैवर्ष गरेको चीनको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै राजदूत हउले परम्परागत द्विपक्षीय सम्बन्धलाई दुई देशका उच्च सैनिक तहमा पनि प्रगाढ तुल्याइएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले एकचीन नीतिप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याउँदै ‘सगरमाथा अभ्यास’ जस्ता चिनियाँ जनमुक्ति सेनासँगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : २१ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको