टाटाले भारतमै आइफोनको निर्माण सुरु गर्ने « Khabarhub

टाटाले भारतमै आइफोनको निर्माण सुरु गर्ने


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको प्रतिष्ठित व्यवसायीक समूह टाटाले भारतमै आइफोन निर्माण सुरु गर्ने भएको छ । ताइवानको आइफोन निर्माता विस्ट्रन कर्प प्राप्त गर्दै दुई वर्ष भित्रै भारतमै आइफोन उत्पादन सुरु गर्नेगरी टाटाले सम्झौता गरेको हो ।

हालसम्म अमेरिकी प्रविधि कम्पनी आइफोनले चीनमा विशाल मात्रामा आइफोन उत्पादन गर्दै आइरहेको थियो । चीनमा ताइवानी कम्पनी फक्सकनका दुई विशाल फ्याक्ट्रीमार्फत एप्पलका आइफोन उत्पादन तथा विश्वव्यापीरुपमा बिक्री वितरण हुँदै आइरहेको थियो ।
तर, भारतको टाटा समूहले विस्ट्रन प्राप्त गरेसँगै भारतको बेङ्ग्लोर नजिकैको प्लान्टबाट आइफोन उत्पादन हुने भएको हो । टाटाले भारतमा उत्पादन गर्ने आइफोन भारतको आन्तरिक बजार र विश्व बजारमा समेत आपूर्ति हुने बताइएको छ ।

भारतका विद्युत तथा प्रविधि मन्त्री राजिब चन्द्रशेखरले प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनरी योजनाका कारण भारतमै आइफोन निर्माण सुरु हुन लागेको जानकारी दिए । उनले सामाजिक सञ्जाल एक्समार्फत टाटाले आगामी दुई वर्षभित्र उत्पादन सुरु गर्ने जानकारी दिएका हुन् ।

पछिल्लो समय अमेरिकी प्रविधि कम्पनी एप्पले भारतीय बजारलाई प्राथमिकतामा राख्न थालेको छ । अमेरिका र चीनबिच व्यापार र प्रविधि युद्ध चर्किँदै जाँदा धेरैजसो अमेरिकी कम्पनी चीन छाड्ने होडमा छन् । चीन छाड्ने कम्पनीहरूको पहिलो प्राथमिकतामा भारत पर्ने देखिन्छ ।

यसअघि, एप्पले दुई÷तीन महिना अघि भारतमा आफ्नो पहिलो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको थियो । भारत यतिबेला विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो ।

यस्तै, भारतको अर्थतन्त्र समेत विश्वमा उदीयमान अवस्थामा छ भने भारतीयहरूको आम्दानी समेत उकालो लाग्दै छ । यही सम्भावनालाई मध्यनजर गर्दै एप्पलले भारतीय बजारलाई प्राथमिकतामा राखेको छ ।

विस्ट्रन कर्पको सञ्चालक समितिको बैठकले आफनो सिंगापुर र हङकङमा आधारित कम्पनीको सेयर बिक्रीको स्वीकृत दिएपछि भारतमा आइफोन निर्माण सम्भव भएको हो । टाटाले आइफोन निर्माण सुरु गर्नका लागि विस्ट्रनसँग १२५ मिलियन अमेरिकी डलरको डिल गरेको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : २८ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै