भदौमा नेपाल आउँदै मोदी, तयारी यस्तो छ « Khabarhub

भदौमा नेपाल आउँदै मोदी, तयारी यस्तो छ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्।

भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।

सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिखसम्म) हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ।

भारतीय सेनाका कर्णेलतहका अधिकारी र भारतीय कमाण्डो टोली नेपाल आएर फर्किएको बताइएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छ।

उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एक चरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन्।‘ दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरीय भ्रमण हुने संकेत देखिएको छ, सुरक्षा निकायको उच्च स्रोतले भन्यो–‘कुनै कारणबस मोदीको भ्रमण भएन भने भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने बुझेका छौ।’

गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए । गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी भएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए।

भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ)ले यो साता गरेको नेपाल भ्रमण अन्य राजनीतिक उद्देश्यका अतिरिक्त मोदी भ्रमणको वस्तुस्थिती बुझ्ने प्रयोजनका लागि पनि भएको बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : १८ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा