टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा « Khabarhub

टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा हिजो सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो ।

यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपाल र मलेसियाले अहिलेसम्म ९ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले आठ खेल जितेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

यसैबीच, समूह ‘ए’ अन्तर्गत ओमान र सिंगापुरबीचको खेल बिहान ९ बजे टीयू मैदानमा हुँदैछ भने समूह ‘बी’ अन्तर्गत हङकङ र बहराइन तथा संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबी मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ४९ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ