नारायण मुग्लिन सडक : भासिएको ७ ठाउँमा भौगर्भिक अध्ययन « Khabarhub

नारायण मुग्लिन सडक : भासिएको ७ ठाउँमा भौगर्भिक अध्ययन


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न क्षेत्रमा भासिएको सडकको अवस्था बुझ्न भौगर्भिक अध्ययन सुरु गरिएको छ ।

भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर शिव खनालले जानकारी दिए । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ ।

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महिनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ ।

धमाधम पुल बन्दै

नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन ४ पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण दू्रतगतिमा अघि बढेको छ ।

सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन। १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै सुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १२ : ४२ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको