कुहिने फोहरबाट यसरी बनाइँदैछ प्राङ्गारिक मल « Khabarhub

कुहिने फोहरबाट यसरी बनाइँदैछ प्राङ्गारिक मल


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो ।

घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। ‘घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको छ,’ उनले भने, ‘यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो ।’

महानगरले परीक्षणका रुपमा डल्लु क्षेत्रमा प्रारम्भ गरेको यो काम आगामी दिनमा अरु वडामा समेत विस्तार गर्दै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताए । अहिले डल्लुका ५० घरले एकै स्थानमा फोहर जम्मा गरिरहेका छन् । महानगरले कुहिने र नकुहिने फोहरका लागि फरक–फरक गाडीसमेत व्यवस्था गरेको छ । उनले भने, ‘यसले गर्दा ल्याण्डफिल साइट जाने फोहरको परिमाण कम भएको हामीले पाएका छौँ ।’

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएको कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । तीमध्ये कतिपय निजी संस्थाले पनि फोहरको वर्गीकरण शुरु गरेका उल्लेख गर्दै उनले भने, ‘फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।’

काठमाडौँ महानगरपालिकाले दैनिक ३ सय ५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणसमेत शुरु गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : ३४ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको