‘मुलुकको शान्ति प्रक्रियाबारे राष्ट्रसंघका महासचिवको प्रशंसा गौरवको विषय’ « Khabarhub

‘मुलुकको शान्ति प्रक्रियाबारे राष्ट्रसंघका महासचिवको प्रशंसा गौरवको विषय’


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको शान्ति प्रक्रियाका बारेमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले खासगरि शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा अघि बढाउने र समाधान गर्ने विषयमा राष्ट्रसंघका महासचिवले प्रशंसा गर्नु नेपालका लागि गौरवको विषय भएको बताएका हुन् । 

त्यस्तै जलवायु परिवर्तनका कारण नेपालमा परेको असरलाई विश्वसामु उठाउने विषय पनि निकै सकारात्मक रहेको उनले बताए । उनले सम्पन्न देशले जलवायु परिवर्तनको असरको प्रभावको जिम्मा लिनुपर्ने, विश्व शान्तिका लागि नेपालको भूमिकाको प्रशंसा हुनु खुसीको कुरा भएको जिकिर गरे । 

त्यस्तै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रसंघका महासचिवले संसदमा गरेको सम्बोधनले नेपाललाई विश्वसामु थप उजागर गर्न मद्दत पुग्ने बताए । संविधान निर्माण, शान्तिप्रक्रिया लगायतमा राष्ट्रसंघका महासचिवले गरेको प्रशंसाले अन्तराष्ट्रिय जगतमा नेपाललाई उपलव्धता हासिल गर्न सहज हुने उनले बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले राष्ट्रसंघका महासचिवको सम्बोधनले नेपालको मौलिकतामा शान्तिप्रक्रिया अघि बढाउन सहज हुने र आगामी दिनमा शान्तिप्रक्रिया टुङ्गाउन प्रोत्साहित गरेको बताए ।

त्यस्तै उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असर विश्वमा जानकारी गराउन राष्ट्रसंघका महासचिवको सम्बोधन उल्लेखनीय रहेको धारणा राखे ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ७ : ३३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि