भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव « Khabarhub

भुक्तानी प्रणालीको स्थापना गर्न मध्य एसियाली मुलुकलाई भारतले गर्‍यो प्रस्ताव


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले भुक्तानी प्रणाली स्थापना गर्नका लागि सहकार्य गर्ने विषयमा मध्य एसियाली मुलुकहरुसमक्ष प्रस्ताव पेश गरेको छ । भारत–मध्य एसियाली राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको दोस्रो बैठकका क्रममा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले यस्तो प्रस्ताव गरेका हुन् ।

कखाजस्तानमा भएको उक्त बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार दोभालले हरेक मुलुकको आवश्यकता अनुसार सार्वभौम, डिजिटल ‘रियल टाइम’ भुक्तानी प्रणालीको विषय अघि सारेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनले यसबाट भारत र मध्य एसियाली मुलुकहरुबीच व्यापारिक सम्बन्ध विस्तार हुने भन्दै भुक्तानी प्रणालीको विकास भएमा भारतमा स्वास्थ्य उपचारका लागि भारत जाने मध्य एसियाली मुलुकका नागरिकलाई सहज हुने बताए ।

त्यसबाहेक मध्य एसियाली मुलुकहरुमा रहेका भारतीय व्यवसायी तथा विद्यार्थीलाई पनि सहयोग पुग्ने उनले बताए । उक्त बैठकमा आतंकवादको जोखिमबारे पनि छलफल भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ५३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम