चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ « Khabarhub

चीनद्वारा सरकारी कर्मचारीको विदेश भ्रमणमा कडाइ


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले सरकारी कर्मचारी तथा राज्य सञ्चालित कम्पनीका कामदारहरुको विदेश भ्रमणमा कडाइ गरेको छ । विदेशी प्रभावविरुद्धको अभियानका क्रममा चीनले आफ्ना कर्मचारीहरुको विदेश भ्रमणमा कडाइ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनका १० वर्तमान एवम् अवकाशप्राप्त कर्मचारीले रोयटर्सलाई बताएअनुसार सन् २०२१ यता यस्तो कदम चालिएको हो । यसअनुसार केही कर्मचारीहरुलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ भने केही कर्मचारीहरुको भ्रमण समयलाई पनि सीमित बनाइएको छ । त्यसबाहेक विदेश भ्रमणको स्वीकृतिमा पनि कडाइ गरिएको छ ।

कोरोना भाइरसको महामारीका बेला चीनले बन्द गरेको सीमा खुलेपनि सरकारी कर्मचारीको विदेश भ्रमण गरिएको कडाइ भने उस्तै रहेको रोयटर्सले जनाएको छ ।

गत दुई वर्षमा चीनका ८ सरकारी निकायहरुले कर्मचारीको विदेश भ्रमणसम्बन्धी कानूनलाई थप मजबुत पार्ने घोषणा गरेका थिए । यद्यपि ती सरकारी निकायहरुले कुन कानूनमा के कस्ता परिवर्तन गरिनेछन् भन्नेबारे केही विवरण सार्वजनिक नगरेको रोयटर्सले उल्लेख गरेको छ ।

चिनियाँ कदमले पश्चिमा मुलुकसँग सम्बन्ध खराब हुँदै गएको अवस्थामा राष्ट्रपति सी जिन्पिङले राष्ट्रिय सुरक्षामा ध्यान केन्द्रित गरिरहेको दर्शाउने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान