राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने « Khabarhub

राष्ट्रपति पौडेलले राहत कोषमा एक महिनाको तलब दिने


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले केन्द्रीय दैवीप्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन्‌ ।

अविरल वर्षाका कारण यही असोज १० देखि १३ गतेसम्म चलेको बाढीपहिरो पीडितहरूलाई राहत निम्ति राष्ट्रपति पौडेलले कोषमा तलब सुविधा दिन लागेका हुन्‌ ।

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पछिल्लो प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाको संख्या २२८ पुगेको छ । गृह मन्त्रालयका अनुसार २५ जना बेपत्ता छन्‌ । १५८ जना घाइते अवस्थामा भेटिएका छन्‌ । प्रभावित क्षेत्रबाट १३ हजार ७१ पीडितलाई उद्धार गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक