विदेशमा ज्यान गुमाएका ७ सय ५३ कामदारका परिवारलाई ४८ करोड सहायता | Khabarhub Khabarhub

विदेशमा ज्यान गुमाएका ७ सय ५३ कामदारका परिवारलाई ४८ करोड सहायता


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ७ सय ५३ जना कामदारका परिवारलाई ४८ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । बोर्डले मृतक २३ महिला र ७ सय ३० पुरुष कामदारका परिवारलाई ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ ।

बोर्डले अंगभंग तथा बिरामी ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ आर्थिक सहायता दिएको जानकारी दिएको छ । गत आर्थिक वर्ष १२ महिला र ३ सय २३ पुरुष कामदारले सहयोग पाएका छन् । बोर्डले बिरामीको प्रकृति र मात्राका आधारमा आर्थिक सहायता दिदै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा करार अवधि भित्रै मृत्यु भएमा मृतक कामदारका आश्रित परिवारले ७ लाखका दरले आर्थिक सहायता पाउँदै आएका छन् । बोर्डले वैदेशिक रोजगारकिा क्रममा विभिन्न कारणले अलपत्र परेका ७८ नेपाली कामदारलाई ६ करोड ५६ लाख पाँच हजार ५ सय ५४ खर्च गरी उद्दार गरेको र ज्यान गुमाएका ८२ नेपाली कामदारको शव नेपाल झिकाएको आर्थिक सहायता दिएको जनाएको छ ।

सरकारले मृतक वा अंगभंग हुनेहरुका सहायताका लागि कामदार कल्याणकारी कोष स्थापना गरेको छ । संकलित सोहि रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरुका लागि सहायता उपलब्ध गराउने छ ।

खाडीका देश र मलेसियामा जाने कामदारले एक हजार पाँच सय रुपैयाँ कोषका लागि बुझाउनु पर्छ भने दक्षिण कोरिया, जापान, इजरायल, अमेरिका र युरोपका देशमा जाने युवाहरुले दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषका लागि जम्मा गर्नुपर्छ । कामदार कल्याणकारी कोषमा चार अर्बभन्दा बढी रकम जम्मा भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ११ बजे

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस