कतारको ग्लोबल क्वालिफायर यात्रा समाप्त | Khabarhub Khabarhub

कतारको ग्लोबल क्वालिफायर यात्रा समाप्त


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया छनोटको फाइनलमा तेस्रो हार व्येहोरेसँगै कतार ग्लोबल क्वालिफायर पुग्ने लक्ष्यबाट टाढिएको छ ।

शुक्रबार भएको खेलमा कुवेतसँग पराजित भएको कतारले ३ खेलबाट २ अंक जोडे पनि उसको यात्रा एसियाली छनोटमै सिमित भएको हो ।

पहिलो खेलमा सिंगापुरसंग पराजित भएको कतारले दोस्रो खेलमा नेपाललाई हराएको थियो । कुबेतले दिएको १ सय ९८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको कतारले निर्धारित २० ओभरमा पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउन सकेपछि कुबेत १० रनले विजयी भएको हो ।

कतारका कप्तान तामोर साजजादले नटआउट ४६, नौमन सरवारले ३४ तथा ईनाम उल हकले २८ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । फैसल जाभेदले २४ र महम्मद तानचीरले १६ रन बनाए ।

कुबेतका सिराज खान र जान्दु हामोउदले समान २ तथा महम्मद अस्लमले एक विकेट लिए । यसअघि सिंगापुरको ईण्डियन एसोसिएसनको खेल मैदानमा टस जितेको कतारले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कुबेतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रनको उच्च योगफल तयार पारेको थियो ।

अदनान ईद्रेसले सर्बाधिक ५६ रन बनाएको कुबेतका लागि कप्तान महम्मद कासिफले ४३ र मेट भाभसारले ३५ रनको योगदान गरे । उस्मान वाहिद २८ रनमा अबिजित रहे ।

कतारका ईकवाल हुसैन र नौमन सरवारले समान २ तथा ईनाम उल हक र महम्मद नादिमले समान एक विकेट हात पारे । कुबेतको ३ खेलबाट ३ अंक भएको छ । यस्तै पराजित कुवेतले भाेली नेपालसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ५२ बजे

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक