कागतीले उचित बजार नपाउँदा किसान चिन्तित  « Khabarhub

कागतीले उचित बजार नपाउँदा किसान चिन्तित 


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । 

यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन् ।  उत्पादन भएको कागतीले बजार नपाउँदा उनी चिन्तित भएका हुन् ।

‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष सिजन (याम) मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेलको भनाइ छ । ‘कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ’, उनले भने । 

स्थानीय बजारमा दैनिक १०–१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । ‘दिनभर बजार डुलाउँदा मुस्किलले १०–१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ’, पौडेलले भने ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् ।

उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एक सय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । उनले सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने बताए ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो एक सय ३० देखि दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ८ : ०९ बजे

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो