ओमानविरुद्ध नेपाललाई चौथो सफलता  « Khabarhub

ओमानविरुद्ध नेपाललाई चौथो सफलता 


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ । 

जारी खेलमा ओमानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । पाँचौँ ओभरको खेलसम्ममा नेपालका सोमपाल कामीले दुई तथा करन केसी र गुल्सन झाले एक–एक विकेट लिएका छन् । ५ ओभर ४ बलको समाप्तिमा ओमानले जम्मा ३८ रन जोडेको छ । 

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । 

आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ३८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ