नेप्से परिसूचकको ओरालो यात्रा जारी « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलब ७६ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर रु ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैंक रु छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स रु चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल रु दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलब शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलब ९६, सोल्टी होटल चार दशमलब ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलब ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलब ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलब ९१, सामलिङ पावर चार दशमलब ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब ७३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ४ : २६ बजे

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा