दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा « Khabarhub

दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् । 

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताए ।

उनले भने, ‘पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमी-कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागितालगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।’

उनले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

 संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमा समेत पुगी विश्वभर एउटा सन्देश दिएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उनले बताए ।

 पार्टीले चलाइरहेको रूपान्तरण अभियान पार्टीको रूपान्तरणका साथै राज्यको पनि शुद्धीकरण अभियान भएको बताए। जारी अभियानबाट विगतमा पार्टीमा भएको अन्तरविरोध समाधान हुँदै गएको दाबी पनि प्रवक्ता सापकोटाको थियो । माओवादीको रूपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको उनको भनाई थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : २५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।