सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती « Khabarhub

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।

इनरुवाका किसान गौरी यादवले दसैँअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताए ।  हरिनगरका चन्दन मेहताले भने “आलु रोप्न भ्याइनभ्याइ छ ।” यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन् । जिल्लामा एउटा किसानले एक कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको छ । विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएको किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन् ।

यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपि, भुटानी, सठिया, टिपिएस लगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए । यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ छ । यहाँ वार्षिक रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : १९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित