विद्युत् प्राधिकरणले ६५ लाख बक्यौता उठायो « Khabarhub

विद्युत् प्राधिकरणले ६५ लाख बक्यौता उठायो


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भरतपुर- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा रु ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।

प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो । केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको हो । उनले भने, “लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता रकम बुझाउन आएका छन् ।”

बक्यौता रकम पूर्ण रुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन् । लाइन काटिएकामध्ये दुई सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन् । आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उनको भनाइ थियो । कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन् ।

कार्यालयका अनुसार तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । उनीहरुको यही अभियानका क्रममा लाइन काटिने उनले जानकारी दिए । उनीहरुबाट रु १८ करोड ५३ लाख बक्यौता उठ्न बाँकी रहेको छ ।

केन्द्रले चालु आर्थिक वर्षको कात्तिक १६ गतेसम्म बक्यौता नतिर्ने छ सय ३१ ग्राहकको लाइन काटेको छ । उनीहरुबाट रु दुई करोड २१ लाख ७८ हजार बक्यौता उठ्न बाँकी रहेको कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५७ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक