दीपावली र छठको मुखमा अनुदान पाउँदा महोत्तरीका उखु किसानलाई राहत « Khabarhub

दीपावली र छठको मुखमा अनुदान पाउँदा महोत्तरीका उखु किसानलाई राहत


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा महोत्तरीका किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि दीपावली र छठअघि अनुदान रकम पाउँदा के के न पाएजस्तो भएको किसानले बताएका हुन् । जिल्लास्थित एभरेष्ट र सिद्धीविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका हुन् ।

“दसैँ कसैगरी टारियो, अब दिवाली र छठ मुखमा छन् के गर्ने होला भन्ने चिन्ता थियो, पैसा आयो, चाडबाडको मुखमा उखुको अनुदानबापतको रकम पाएपछि राहत मिलेको छ,” भङ्गाहा–४ का किसान अरुण गिरीले भने, “मौकामा राहत मिल्यो, अब दिवाली/छठ टारिन्छ ।” गिरीजस्तै अन्य किसान पनि चाडवाड कसरी टारौँ भनेर बिलखबन्द परेका बेला अनुदान रकम पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।

दुवै उद्योगमा उखु बुझाउने जिल्लाका १२ हजार छ सय ७३ किसानलाई अनुदानबापतको जम्मा रु १८ करोड ४७ लाख ९९ हजारबाट सम्बद्ध किसानले पाउने हिस्सा निजहरुको बैंक खातामा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० को क्रसिङका बेलामा उखु बुझाएका किसानलाई सरकारले अहिले अनुदानबापतको रकम उपलब्ध गराएको हो ।

किसानले उखु बुझाएको झण्डै एक वर्षपछि अनुदानबापतको रकम अहिले पाइएको छ । गत वर्ष भने किसानले दसैँ अघि अनुदान रकम पाएका थिए । यसपालि सरकारले निकासा पठाउन ढिलो गर्दा किसानको खातामा रकम पुग्न ढिलो भएको उक्त कार्यालयले स्पष्ट पारेको छ ।

उखु क्रसिङ गर्ने बेलामा आव २०७९/८० मा एभरेस्ट चिनी उद्योगलाई १२ हजार पाँच सय ९० र सिद्धिविनायक चिनी उद्योगलाई ८३ जना किसानले उखु उपलब्ध गराएका थिए । सिद्धिविनायक गत वर्षमात्र सञ्चालनमा आएको चिनी उद्योग हो । सरकारले २०७८/२०७९ देखि उखु खेती गर्ने किसानलाई प्रतिक्विन्टल रु पाँच बढाएर अनुदान रु ७० पुर्‍याएको थियो ।

अहिले उखुको मूल्य उद्योगले पाँच सय ४० र सरकारले अनुदानबापत ७० गरी प्रतिक्विण्टल छ सय १० कायम गरेको छ । यता किसानले भने चिनीको मूल्य बढ्दै गएको अनुपातमा उखुको न्यूनतम मूल्य रु सात सय ५० कायम गर्नुपर्ने माग उखु उत्पादक कृषक सङ्घमार्फत राख्दै आएका थिए ।

एभरेष्टले आव २०७९/०८०मा २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो । यो चिनी उत्पादन २०७८/०७९को भन्दा ६१ हजार आठ सय ४४ क्विन्टल बढी हो । सञ्चालनको पहिलो वर्ष (२०७८/०७९) मा ५१ हजार चार सय ७२ क्विन्टल उखु क्रसिङ गरी छ हजार क्विन्टल चिनी उत्पादन गरेको सिद्धिविनायकले पछिल्लो पटक गत आबमा भने नौ हजार दुई सय ४५ क्विन्टलमात्र उखु क्रसिङ गर्न सकेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : २० बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको