जर्मनीद्वारा हमासमाथि प्रतिबन्धको घोषणा « Khabarhub

जर्मनीद्वारा हमासमाथि प्रतिबन्धको घोषणा


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बर्लिन- जर्मनीले हमासका गतिविधिमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजरायलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टाइन समर्थक समूहलाई विघटन गर्न आदेश दिएको पनि अल जजीराले बताएको छ । जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताइन् । हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ ।

उनले भनिन्, “इजरायललाई नष्ट गर्ने उद्देश्य राखेको आतङ्कवादी सङ्गठन हमासका गतिविधिमाथि मैले आज पूर्ण रूपमा प्रतिबन्ध लगाएको छु ।” जर्मनीको उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै लेबनानमा हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टाइनी नागरिकविरुद्धको अपराधमा इजरायलसँग साझेदारीमा रहेको थाहा भएको बताएको अल जजीराले उल्लेख गरेको छ ।

लेबनानमा हमासका प्रतिनिधि ओसामा हमदानले भने, “जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ ।”

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमा गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भङ्ग गर्ने जानकारी दिइन् । हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुसियाली मनाएको थियो ।

मन्त्री फेसरले भनिन, “इजरायलविरुद्ध हमासको भीषण आतङ्कवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुसी समारोह’ आयोजना गरेर समिडोनले विशेषगरेर घृणित तरिकाले यहुदी विरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ ।”

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ०७ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६