‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौँमा सुरु « Khabarhub

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौँमा सुरु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ पहिलो पटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’ कम्पनीको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’ (बिटुबी) कार्यक्रम आयोजना गरिएको छ । बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवद्र्धनका कार्यक्रम तय भएको बताइएको छ । नेपाललाई वेडिङ गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बताए ।

“धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहज रुपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो”, उनले भने ।

भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरुका सामान सहज रुपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने डा रेग्मीको विश्वास छ ।

भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलो पटक नेपाललाई गन्तव्यका रुपमा रोजिएको बताए ।

उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’ सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ०० बजे

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५