कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु « Khabarhub

कर्णालीमा ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम सुरु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका १० वटा स्थानीय तहमा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन, युनिसेफ, युएन वुमन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र युएनएफपिएले यहाँका १० पालिकाहरुमा सो कार्यक्रम सुरु गरेको हो ।

चार वर्षे यो परियोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, दैलेखको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका तथा रुकुम पश्चिमको ठूलीभेरी र सानीभेरी गाउँपालिकामा सुरु भएको हो ।

सुर्खेतमा आज आयोजित कार्यक्रममा युएन वुमनका कार्यक्रम अधिकृत सन्तोष आचार्यले यो कार्यक्रम कर्णालीका १०, सुदूरपश्चिम प्रदेशका १० र मधेस प्रदेशका १२ गरी ३२ पालिकामा लागू गरिएको जानकारी दिए। हाललाई नमूना कामका लागि कर्णालीका १० वटा पालिकालाई छनोट गरिएको र यसको प्रभावकारितापछि अन्य पालिकाहरुमा थप विस्तार गरिने लक्ष्य राखिएको छ ।

यी सबैका लागि करिब रु दुई अर्बको बजेट रहेको छ । विशेषगरी महिला र बालबालिकालाई आयआर्जनलगायतमा सशक्त बनाएर समृद्ध नेपाल बनाउने लक्ष्यका लागि यो परियोजना सञ्चालन गरिएको उनले बताए । राजनीतिमा महिलाको उपस्थिति घट्दै गएको, ज्यालामा महिलाले कम पारिश्रमिक पाउने, सामाजिक रुपमा महिलामाथि विभेद् हुने जस्ता लैङ्गिक विभेद न्यूनीकरण यो परियोजनामार्फत् हुनेछ ।

लैङ्गिक समानता, सामाजिक मूल्य र मान्यताको रुपान्तरण, आर्थिक श्रमअधिकार, सामाजिक सुधार र नीतिगत व्यवस्थालाई यो परियोजनाले प्राथमिकता दिएको कार्यक्रम अधिकृत आचार्यले बताए । उनले पालिका छनोट, काम गर्ने प्रक्रियाका बारेमा अवगत गराएका थिए । प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले परियोजनाले कर्णालीका १० पालिकाका महिलालाई आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको जानकारी दिए । उनले लक्ष्यअनुसार कार्यक्रम हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले महिला र बालबालिकाको क्षेत्रमा यो परियोजना उपयोगी हुने बताए । उनले परियोजना सफलताका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग र समन्वय गरिराख्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा कार्यक्रम लागू भएका पालिकाका जनप्रतिनिधिले कार्यक्रमको उपादेयताको वारेमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ४८ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण