भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० जना घाइते « Khabarhub

भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० जना घाइते


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बलले जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा  परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेको छ ।

हालसम्म भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३८ जना गरी १ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै घाइते हुनेको संख्या १४० जना रहेको छ भने  १५५ जनाको उद्धार गरिएको छ ।

भुकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रादेशिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटाइएको छ ।

यस्तै, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू उद्धार सामग्रीसहित खटिएको जनाइएको छ ।

यसैगरी, पश्चिम रुकुममा विभिन्न गण तथा गुल्मबाट १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।

सशस्त्रले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका लागि दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : २७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००