भूकम्पपीडितको उद्धार, उपचार र राहत कार्यलाई तीव्रता दिन विप्लव नेतृत्वको नेकपाको आग्रह « Khabarhub

भूकम्पपीडितको उद्धार, उपचार र राहत कार्यलाई तीव्रता दिन विप्लव नेतृत्वको नेकपाको आग्रह


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको हो । त्यस्तै नेकपाले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले भूकम्पपछि सरकारले गरेको राहतका कामहरु सन्तोषजनक भएपनि यसलाई तीव्रता दिनुपर्ने र संस्थागत रुपमा नै राज्यले छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।

उनले भूकम्पपछि उद्धार र राहतमा जुट्न पार्टीसम्बद्ध मोर्चाहरुलाई निर्देशन दिएको जानकारी दिए । त्यस्तै पार्टी कोषबाट राज्यको राहत कोषमा १ लाख जम्मा गर्ने, पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल उपलब्ध गराउने विप्लवले जानकारी दिए । त्यस्तै भूकम्पपीडितका लागि देशको राजधानीलगायत सबै जिल्लामा राहतका लागि लत्ताकपडा, टेन्ट, औषधी रकम संकलन गर्ने उनले जानकारी दिए ।

त्यस्तै नेकपाले पार्टीले राहत कोषका लागि आधिकारीक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने, विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुका लागि आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५९ बजे

मसूद पेजेश्कियानद्वारा मुस्लिम एकताको आह्वान

तेहरान–   मसूद पेजेश्कियानले मध्यपूर्वमा जारी तनाव र क्षेत्रीय चुनौतीहरूको सामना

‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैनन्’

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस

कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ : महामन्त्री घिमिरे

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता