भूकम्पपीडितको उद्धार, उपचार र राहत कार्यलाई तीव्रता दिन विप्लव नेतृत्वको नेकपाको आग्रह « Khabarhub

भूकम्पपीडितको उद्धार, उपचार र राहत कार्यलाई तीव्रता दिन विप्लव नेतृत्वको नेकपाको आग्रह


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको हो । त्यस्तै नेकपाले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले भूकम्पपछि सरकारले गरेको राहतका कामहरु सन्तोषजनक भएपनि यसलाई तीव्रता दिनुपर्ने र संस्थागत रुपमा नै राज्यले छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्नुपर्ने बताए ।

उनले भूकम्पपछि उद्धार र राहतमा जुट्न पार्टीसम्बद्ध मोर्चाहरुलाई निर्देशन दिएको जानकारी दिए । त्यस्तै पार्टी कोषबाट राज्यको राहत कोषमा १ लाख जम्मा गर्ने, पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल उपलब्ध गराउने विप्लवले जानकारी दिए । त्यस्तै भूकम्पपीडितका लागि देशको राजधानीलगायत सबै जिल्लामा राहतका लागि लत्ताकपडा, टेन्ट, औषधी रकम संकलन गर्ने उनले जानकारी दिए ।

त्यस्तै नेकपाले पार्टीले राहत कोषका लागि आधिकारीक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने, विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुका लागि आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै