कसरी सुमधुर बनाउने वैवाहिक जीवन ? | Khabarhub Khabarhub

कसरी सुमधुर बनाउने वैवाहिक जीवन ?


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैवाहिक जीवनलाई समुधुर बनाएर अघि बढाउनु सामान्य कुरा होइन । मागी विवाहमा विवाहअघि चिनजान नभएका दुई जनाबीच त झन् यो विषय गम्भीर बन्न पुग्छ भने प्रेम विवाहमा पनि विवाह पछिको जीवन सुमधुर बनाउन सकस परेको देखिन्छ ।

त्यसका लाई पति पत्नीले केही सामान्य कुरालाई ध्यान दिन जरुरी हुन्छ । यसो गर्न सकियो भने पति पत्नीबीचको सम्बन्धमा खास कुनै समस्या देखा पर्दैन । त्यसका लागि केही उपाय हामीले यहाँ प्रस्तुत गरेका छौं ।

यी उपाय हामीले विभिन्न अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारलाई आधार बनाएर यी उपाय खोजी गरेका छौं ।

विवाहपछि पति पत्नीबीच विवाद झगडा सामान्य कुरा हुन् । यस्तो समयमा विवाद समाधान तर्फ अघि बढ्न जरुरी हुन्छ । यसको समाधानका लागि प्रेम पूर्वक सम्झाउनु पर्छ ।

श्रीमान् श्रीमती बेडरुम वा एकान्तमा हुँदा केवल एक अर्काको कुरा गर्नुपर्छ । यस्तो अवस्थामा तेस्रो व्यक्तिको कुरा गर्नु उपयुक्त हुँदैन र यस्तो कुराकानीले पति पत्नीबीचमा समस्या उत्पन्न गराउँछ ।

सुखी र सुमधुर वैवाहिक जीवनका लागि पार्टनर रिसाएको बेलामा अर्को पक्ष शान्त रहनुपर्छ । एक जना रिसाएको बेलामा अर्को जनापनि रिसाउँदा अवस्था विग्रन जान्छ त्यसैले यस्तो बेलामा सचेत हुन जरुरी हुन्छ ।

कुनै पनि कुरामा चित्त नबुझ्दा जीवनसाथीसँग प्रेम पूर्वक प्रस्तुत हुनुहोस् । तपाईले प्रयोग गर्ने भाषा र हाउभाउले गर्दापनि कहिलेकाही समस्या उत्पन्न हुन जान्छ । शान्त भावले प्रेमपूर्वक आफ्नो कुरा राख्नु भयो भने नजिकिएको झगडा पनि विस्तारै मत्थर हुँदै जान्छ ।

प्रशंसा सबैलाई मन पर्छ, जीवनसाथीले गरेको प्रशंसा त अझ विशेष हुन्छ । श्रीमान श्रीमती दुवैले हरेक दिन एकअर्काका लागि कम्तीमा पनि एउटा राम्रो कुरा अथवा प्रशंसात्मक कुरा गर्दा दाम्पत्य जीवनमा त्यसको सकारात्मक प्रभाव पर्छ, आपसी प्रेम वृद्धि हुन्छ ।

कतिपय व्यक्ति अफिसको तनाव घर लिएर जान्छन् । यस्तो परिस्थितिमा जीवनसाथीले तनाव हटाउने प्रयास गर्नुपर्छ । तनावको कारण बुझेर त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने उपायको खोजी गर्न सकिन्छ भनेर राम्रो सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्छ । यस्तो कुराले वैवाहिक जीवनमा सुखशान्ति एवं प्रेम बढाउने काम गर्छ ।

जीवनसाथीबाट विगतमा कुनै गल्ती भएको छ भने त्यसलाई वर्तमान समयमा बारम्बार उल्लेख गरिरहनु हुँदैन । पूरा गल्ती कमी कमजोरीलाई बारम्बार सम्झाउँदा त्यसले समस्यालाई थप विकराल बनाउँछ र दुई जनाबीचको सम्बन्धमा पनि दरार आउने सम्भावना बन्न जान्छ ।

त्यसैले पूराना गल्ती र कमी कमजोरीबाट पाठ सिक्दै त्यसलाई भुल्दै नयाँ भविष्यका लागि प्रमेमपूर्वक अघि बढ्नु आवश्यक छ । यसो गर्न सकियो भने पति पत्नीबीचको समय सुखमय र प्रेमपूर्वक बित्न सक्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ०६ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४