भूकम्प प्रभावितको राहत तथा उद्धारमा पार्टीको झन्डा, लोगो वा पोसाक प्रयोग नगर्न रास्वपाको आग्रह « Khabarhub

भूकम्प प्रभावितको राहत तथा उद्धारमा पार्टीको झन्डा, लोगो वा पोसाक प्रयोग नगर्न रास्वपाको आग्रह


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गएराति गएको भूकम्पबाट प्रभावितको राहत तथा उद्धार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक प्रयोग नगर्न आग्रह गरेको छ ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै उद्धार तथा राहतका लागि कुनै आर्थिक संकलन नगरिएको भन्दै यसो नगर्नसमेत आग्रह गरेको छ ।

विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैरराजनीतिक भएको भन्दै यस्तो कार्यमा सरिक हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक प्रयोग नगर्न आग्रह गरिएको पार्टीले जनाएको छ ।

‘विपद् व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम विशुद्ध सामाजिक र गैर राजनीतिक कार्यक्रम भएको, यसमा राज्य र समाजका सबै सरोकारवाला पक्षहरूको प्रतिनिधित्व हुने भएकोले राहत तथा उद्दार कार्यक्रममा सहभागी हुँदा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ३८ बजे

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा– आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन

उपत्यकाको मुहार फेर्न कांग्रेसको ‘भिजन १०’ : तीनै जिल्लाका उम्मेदवारको साझा प्रतिबद्धता

काठमाडौँ – राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती