घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट « Khabarhub

घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इजरायलमाथि हमासको आक्रमणसँगै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वेइबोमा रहेको बेइजिङस्थित इजरायली राजदूतावासको अकाउन्टमा घृणायुक्त सन्देश पठाउन थालेका छन् ।

हमासको आक्रमणलगत्तै वेइबोमा इजरायली दूतावासले पोस्ट गरेको थियो । त्यसलगत्तै वेइबोमा इजरायलविरोधी टिप्पणी आउन थालेका थिए ।

केही सामाजिक सञ्जाल प्रयोकर्ताहरुले यहूदीबहुल मुलुक इजरायलमाथि हमासको आक्रमणको प्रसंशा गर्दै जर्मन तानाशाह अडोल्फ हिटलरको समेत स्मरण गरेका थिए । हिटलरले दोस्रो विश्वयुद्धका बेला ६० लाख यहूदीहरुको नरसंहार गरेका थिए ।

राजदूतावाको वेइबो अकाउन्टमा २ करोड ४० लाखभन्दा धेरै फलोअर्सहरु रहेका छन् । राजदूतावासको पोस्टमा टिप्पणी गर्नेमध्ये केहीले आफ्नो डिस्पले पिक्चर परिवर्तन गरी हिटलरको नाजी पार्टीको झण्डा र ‘स्वस्तिक’ छापसमेत राखेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

यद्यपि केहीले भने इजरायली सहनशीलताको प्रसंशा गरेकोसमेत भ्वाइस अफ अमेरिकाले जनाएको छ । यद्यपि अधिकांशले भने घृणा फैलाउने टिप्पणी गरेको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ४१ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६