घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट « Khabarhub

घृणा फैलाउने टिप्पणीले भरियो चीनस्थित इजरायली राजदूतावासको वेइबो अकाउन्ट


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इजरायलमाथि हमासको आक्रमणसँगै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वेइबोमा रहेको बेइजिङस्थित इजरायली राजदूतावासको अकाउन्टमा घृणायुक्त सन्देश पठाउन थालेका छन् ।

हमासको आक्रमणलगत्तै वेइबोमा इजरायली दूतावासले पोस्ट गरेको थियो । त्यसलगत्तै वेइबोमा इजरायलविरोधी टिप्पणी आउन थालेका थिए ।

केही सामाजिक सञ्जाल प्रयोकर्ताहरुले यहूदीबहुल मुलुक इजरायलमाथि हमासको आक्रमणको प्रसंशा गर्दै जर्मन तानाशाह अडोल्फ हिटलरको समेत स्मरण गरेका थिए । हिटलरले दोस्रो विश्वयुद्धका बेला ६० लाख यहूदीहरुको नरसंहार गरेका थिए ।

राजदूतावाको वेइबो अकाउन्टमा २ करोड ४० लाखभन्दा धेरै फलोअर्सहरु रहेका छन् । राजदूतावासको पोस्टमा टिप्पणी गर्नेमध्ये केहीले आफ्नो डिस्पले पिक्चर परिवर्तन गरी हिटलरको नाजी पार्टीको झण्डा र ‘स्वस्तिक’ छापसमेत राखेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

यद्यपि केहीले भने इजरायली सहनशीलताको प्रसंशा गरेकोसमेत भ्वाइस अफ अमेरिकाले जनाएको छ । यद्यपि अधिकांशले भने घृणा फैलाउने टिप्पणी गरेको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ४१ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश