नेपालद्वारा ओमानसामु १ सय ८५ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा ओमानसामु १ सय ८५ रनको लक्ष्य


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि नेपालले ओमानसामु १ सय ८५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रन बनायो ।

नेपालका गुल्सन झाले ५४ र रोहित पौडेलले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, कुशल भुर्तेलले ३१, करन केसीले २० तथा सन्दीप जोराले १० रन जोडे ।

ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए । यस्तै अकिब इलियासले २ तथा जिशान मकसूदले एक विकेट लिए ।

नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।

पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ३८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला