विद्युत् प्राधिकरण र ट्रेड युनियनबीच चार बुँदे सहमति « Khabarhub

विद्युत् प्राधिकरण र ट्रेड युनियनबीच चार बुँदे सहमति


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियन र प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको छ ।

आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका विषयमा प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको हो । व्यवस्थापनबाट भाद्र ३० गते भएको सरुवा÷काजमा पुनरावलोकन गरी क्रमश सच्चाएर लैजाने सहमति भएको छ भने सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ ।

त्यस्तै, विभिन्न साँत बुदे मागमा सम्बन्धमा आधिकारी ट्रेड युनियनका प्रतिनिधि समेत रहनेगरी जनसाधन विभागको निर्देशकको अध्यक्षतामा ५ सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरी राय सिफारिस सहित कार्यकारी निर्देशकसमक्ष प्रतिवेदन पेश गर्ने सहमति भएको छ । सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा विशेष ध्यान दिने र जायज मागहरुलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

सहमतिसँगै आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी