विद्युत् प्राधिकरण र ट्रेड युनियनबीच चार बुँदे सहमति | Khabarhub Khabarhub

विद्युत् प्राधिकरण र ट्रेड युनियनबीच चार बुँदे सहमति


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियन र प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको छ ।

आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका विषयमा प्राधिकरण व्यवस्थापनबीच चार बुँदे सहमति भएको हो । व्यवस्थापनबाट भाद्र ३० गते भएको सरुवा÷काजमा पुनरावलोकन गरी क्रमश सच्चाएर लैजाने सहमति भएको छ भने सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ ।

त्यस्तै, विभिन्न साँत बुदे मागमा सम्बन्धमा आधिकारी ट्रेड युनियनका प्रतिनिधि समेत रहनेगरी जनसाधन विभागको निर्देशकको अध्यक्षतामा ५ सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरी राय सिफारिस सहित कार्यकारी निर्देशकसमक्ष प्रतिवेदन पेश गर्ने सहमति भएको छ । सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा विशेष ध्यान दिने र जायज मागहरुलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

सहमतिसँगै आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : २३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित