व्यावहारिक सीपका लागि विद्यालयमा फूल खेती « Khabarhub

व्यावहारिक सीपका लागि विद्यालयमा फूल खेती


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मलेखु– अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली  फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक तथा विद्यार्थीहरू भन्छन् ‘फूल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।’

धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहेकी विद्यार्थी अस्मिता कुमाल भन्छिन्, ‘फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।’

गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो । दसैँ–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा सञ्चालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठले बताए ।

पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन् । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ । 

‘विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले रु दुई लाख बजेट पनि छुट्याइदिएको छ’, उनले भने, ‘त्यसले अझ हौसला बढायो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ ।’

फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पुर्‍याएको छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।

आठदेखि दश कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउँदै आइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र  पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै  गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ४५ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड