जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि तरुण दलले गर्‍यो रक्तदान « Khabarhub

जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि तरुण दलले गर्‍यो रक्तदान


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि नेपाल तरुण दलले रक्तदान गरेको छ ।

भूकम्प बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तरुण दलले बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

रगतको अभाव भएकाले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । उनले भूकम्पपिडितका लागि आर्थिक संकलन गरेको र सहयोग गर्ने बताए ।

रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी रहेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै