उपभोक्ता अधिकारकर्मीको आरोप : राज्यको नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परे | Khabarhub Khabarhub

उपभोक्ता अधिकारकर्मीको आरोप : राज्यको नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परे


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपभोक्ता अधिकारकर्मीहरुले राज्यका नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परेको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले राज्यको नीति नियम कमजोर हुँदा उपभोक्ताहरु अन्यायमा परेको बताएका हुन् । उनीहरुले उपभोक्ता अधिकारका लागि संसदीय समितिहरुले पटक पटक बिभिन्न निर्णय दिदा पनि कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताएका थिए ।

बैठकमा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले राज्यका निकायहरुबीच आपसी समन्वय नहुँदा बजारमा समस्या देखिएको बताए । माग र आपूर्तिको समन्वयका आधारमा उपभोग्य वस्तुको मूल्य राज्यले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्ता हितका लागि बजारको एकाधिकार नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरुले बजार अनुगमनलाई निरन्तर गर्नुपर्ने, उपभोक्ता अधिकारका लागि आवश्यक नीति नियम परिमार्जन गर्नुपर्ने लगाएतका सुझाव दिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : २४ बजे

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको 

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय