उपभोक्ता अधिकारकर्मीको आरोप : राज्यको नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परे « Khabarhub

उपभोक्ता अधिकारकर्मीको आरोप : राज्यको नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परे


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपभोक्ता अधिकारकर्मीहरुले राज्यका नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परेको बताएका छन् ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले राज्यको नीति नियम कमजोर हुँदा उपभोक्ताहरु अन्यायमा परेको बताएका हुन् । उनीहरुले उपभोक्ता अधिकारका लागि संसदीय समितिहरुले पटक पटक बिभिन्न निर्णय दिदा पनि कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताएका थिए ।

बैठकमा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले राज्यका निकायहरुबीच आपसी समन्वय नहुँदा बजारमा समस्या देखिएको बताए । माग र आपूर्तिको समन्वयका आधारमा उपभोग्य वस्तुको मूल्य राज्यले निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले उपभोक्ता हितका लागि बजारको एकाधिकार नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

बैठकमा समिति सदस्यहरुले बजार अनुगमनलाई निरन्तर गर्नुपर्ने, उपभोक्ता अधिकारका लागि आवश्यक नीति नियम परिमार्जन गर्नुपर्ने लगाएतका सुझाव दिएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : २४ बजे

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्