‘योजनामा तीनै तह समेटिनुपर्छ’ « Khabarhub

‘योजनामा तीनै तह समेटिनुपर्छ’


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनहरि- राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगले आज बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेको सोह्रौँ योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

प्रदेश अनुसारको योजना नीतिलाई नयाँ ढङ्गले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित प्रदेशको साधनस्रोतलाई उचित परिचालन हुनेगरी तयार गर्नुपर्ने बताए ।

आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उनको जोड थियो । राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताए । मस्यौदा माथिको छलफल मङ्गलबार सम्म चल्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ३२ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन