‘योजनामा तीनै तह समेटिनुपर्छ’ « Khabarhub

‘योजनामा तीनै तह समेटिनुपर्छ’


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनहरि- राष्ट्रिय योजना आयोगले तयार पार्ने योजनामा सरकारका तीनै तह समेटिनुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिगो विकासका लक्ष्य हासिल गर्न संविधानको मर्म भावनाअनुसार क्षेत्राधिकारसँग मेल खाने योजना तयार गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगले आज बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेको सोह्रौँ योजना आर्थिक वर्ष २०८१/८२–२०८५/८६ तर्जुमा सम्बन्धी प्रारम्भिक मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री जम्कट्टेलले परिवर्तित राज्य व्यवस्थाअनुसार नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

प्रदेश अनुसारको योजना नीतिलाई नयाँ ढङ्गले विकास योजना तयार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री जम्कट्टेलले सम्बन्धित प्रदेशको साधनस्रोतलाई उचित परिचालन हुनेगरी तयार गर्नुपर्ने बताए ।

आवश्यकता पहिचान नगरी योजना तर्जमा गर्दा सोचेजस्तो सफलता हासिल गर्न नसकिने भएकाले त्यसतर्फ उचित ध्यान जानुपर्नेमा उनको जोड थियो । राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा संरचनात्मक रुपान्तरणका लागि प्रस्तावित विषयलाई समेटेर योजना तयार गरिने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले प्रदेशको समृद्धि एवं सन्तुलित र दिगो विकास कार्यलाई तीव्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने बताए । मस्यौदा माथिको छलफल मङ्गलबार सम्म चल्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ३२ बजे

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से

काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’

एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ