सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित « Khabarhub

सिंगापुरसँग मलेसिया पराजित हुँदा नेपाललाई फाइदा, यस्तो छ अंकगणित


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट एसिया फाइनलमा सिंगापुरले मलेसियालाई पराजित गरेसँगै नेपाललाई दोस्रो चरण प्रवेशका लागि सहज हुने भएको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यो जितसँगै सिंगापुरले ३ खेलबाट ५ अंक जोडेको छ भने उसले अब नेपालसँगको एक खेल मात्रै बाँकी छ ।

घरेलु टोलीसँग पराजित भएसँगै मलेसिया विश्वकप छनोटबाट बाहिरिएको छ । आजै भएको अर्को खेलमा पराजित भएको कतार पनि छनोटबाट बाहिरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेलेका २ खेलमा एक खेलमा जीत्दै २ अंक जोडेको छ । अब नेपालले घरेलु टोली सिंगापुर र कुवेतसँग खेल्न बाँकी छ । ३ खेलबाट ३ अंक जोड्न सफल कुवेतसँग नेपाली टोलीले शनिबार प्रतिस्पर्धा गर्दैछ भने छनोटको अन्तिम खेल सिंगापुरसँग आइतबार खेल्नेछ ।

यस्तै, २ टोली प्रतियोगिताबाट बाहिरि रहँदा नेपालले भने बाँकी दुई खेल जीत्नै पर्ने देखिएको छ । २ अंकमात्रै रहेको नेपालले शनिबार कुवेतलाई पराजित गर्न सके ४ अंक जोड्ने छ भने सिंगापुरले ३ खेलबाट ५ अंक जोडिसकेको छ । त्यसैले नेपालले सि‌गापुरलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो ग्लोबल क्वालिफायरको यात्रा तय गर्नु पर्नेछ ।

सिंगापुरमा यतिबेला मौसमी पानी परिरहेकाले मौसम बाधक बन्ने खतराका बीच २ खेलमध्ये एक खेल बर्षाले प्रभावित पारे पनि अर्को खेलमा जीत हात पार्न सके नेपाल रन रेटका आधारमा ग्लोबल क्वालिफायर पुग्नसक्छ ।

यसअघि नेपाल र मलेसियाबीचको खेल बर्षाका कारण ९ ओभरमा घटाइएको थियो । मौसमले असर नगरेर दुवै खेल्न पाए नेपालले दुवै खेल जीत्नै पर्ने हुन्छ । दुवै खेल जीत्न सके नेपालको स्वतः ६ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ०९ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्