भूकम्पपीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री प्रदान « Khabarhub

भूकम्पपीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री प्रदान


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले जाजरकोट भूकम्पपीडितका लागि रु एक लाख १५ हजारको १०० थान ब्ल्याङ्केट सहयोग गरेको छ ।

शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई न्यानो कपडा हस्तान्तरण गरेको हो ।

यसैगरी शान्ति समाजले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रम र कीर्तिपुर नगरपालिका वडा नं.४ टौदहस्थित निजानन्द आश्रमलाई बस्त्रसहित नगद रु. १८ हजार सहयोग प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए।

शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार, राहत र पूनर्बासका लागि प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ । विगत एक दशकदेखि आफ्नो क्षमताले भ्याएसम्म राहत प्रदान गर्दै आएको पनि उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ४६ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र