चीनले समुद्री सीमामा घुसपैठ गर्‍यो : फिलिपिन्स « Khabarhub

चीनले समुद्री सीमामा घुसपैठ गर्‍यो : फिलिपिन्स


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनमाथि समुद्री सीमामा घुसपैठ गरेको आरोप लगाएको छ । फिलिपिन्सको परराष्ट्र मामिला मन्त्रालयले दक्षिण चीन सागरमा रहेको समुद्रमा चिनियाँ सैन्य पानीजहाज प्रवेश गरेको आरोप लगाएको हो ।

यसअघि चिनियाँ विदेश मन्त्रालयले पनि दक्षिण चीन सागरस्थित स्कारबोरो शोलनजिकै फिलिपिनी सैन्य पानीजहाजले ‘गैरकानूनी रुपमा प्रवेश’ गरेको आरोप लगाएको थियो ।

केही समयअघि स्कारबोरो शोल क्षेत्रनजिकै दुई मुलुकका सैन्य पानीजहाजहरु आमने सामने भएका थिए । दुबै मुलुकले यस क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । फिलिपिन्सले बाहो दे मासिन्लोक भनिने यस क्षेत्र आफ्नो आर्थिक क्षेत्रमा पार्ने बताउँदै आएको छ ।

यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरको ९० प्रतिशत आफ्नो सार्वभौमिकतामा पर्ने चिनियाँ दाबीलाई खारेज गरिदिएको थियो । चीनले भने अन्तर्राष्ट्रिय अदालतको उक्त फैसलाको बेवास्ता गर्दै आएको छ ।

फिलिपिनी परराष्ट्र मामिला मन्त्रालयले चिनियाँ सैन्य पानीजहाज उक्त क्षेत्रमा बिनाकारण प्रवेश गरेको भन्दै यसले तनाव बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १२ : ५२ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात