पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा « Khabarhub

पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कवि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् । 

बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिए। ‘साहित्यको माध्यमबाट यो ठाउँको प्रचार–प्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काव्ययात्रा आयोजना गरिएको हो, यहाँको प्रकृति, संस्कृति र जीवनशैलीलाई साहित्यमार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ’, उनले भने ।

काव्ययात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागी भएका छन् । बेनीबाट मल्लाज बाँसखर्क महभिर हुँदै टोली करबाकेली पुगेको छ । यात्राका क्रममा स्थलगतरूपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागी हुन तनहुँबाट आएका गीतकार सागर उदासले बताए। 

‘स्थलगतरूपमा करबाकेली क्षेत्रको बारेमा रचना वाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख संकलन पनि हुनेछ’, उनले भने, ‘खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काव्ययात्रा फलदायी बनेको थियो ।’

टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाइ गरेका थिए। अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीलाई केन्द्रित गरेर विसं २०७५ मा करबाकेली इको पदमार्ग सञ्चालन भएको थियो । कास्कीको वीरेढाँटी, तिखेढुङ्गा, उल्लेरी, घोडेपानी र करबाकेलीथान हुँदै बेनीलाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जङ्गलको यात्रा गर्न यो पदमार्ग उत्तम छ । 

करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गले समेट्ने भए पनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करबाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ । पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामग्री, वेशभूषा, संस्कार र संस्कृति झल्कने सामग्री संकलन गरी काफलडाँडामा करबाकेली सङ्ग्रहालय स्थापना गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : १४ बजे

प्रदीप पौडेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ