कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण | Khabarhub Khabarhub

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई रु २५-२५ लाख, कुशेमा गाउँपालिकालाई रु २० लाख, छेडागाड नगरपालिकालाई रु १० लाख, जुनीचाँदे गाउँपालिकालाई रु १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५-२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०-२० लाख, मुसिकोट नगरपालिकालाई रु १० लाख र बाँफिकोट गाउँपालिकालाई रु पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए। उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच-पाँच लाख हस्तान्तरण गरिएको छ ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ११ बजे

ट्रम्प ‘सुपर पावर’ बन्दा इतिहास बनाउन किन चुकिन ह्यारिस ?

सन् १९६० मा श्रीलङ्कामा सिरिमाभो बन्दरानायके राष्ट्रपति पदमा निर्वाचित भएकी

भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग

दाङ– देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचारका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको

गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान

काठमाडौं– मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज

सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित

दक्षिण अफ्रिका- सञ्जु सामसानको सत्तकको सहयोगमा भारतले दक्षिण अफ्रिकामा जारी