न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति | Khabarhub Khabarhub

न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रमको फेरबदलबाट न्यायकर्मीहरूलाई अपमानित गरेकामा आपत्ती जनाउँदै त्यसलाई सच्च्याउन न्यायपरिषद् समक्ष आग्रह गरेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई बारले आज पुनः रोलक्रमको फेरबदल सम्बन्धमा धानाकर्षणपत्र बुझाउँदै न्यायपालिकाको सुदृढीकरण गर्ने महत्त्वपूर्ण जिम्मेवारी भएको परिषद्ले केही व्यक्तिलाई मात्र फाइदा पुग्नेगरी गरिएको संशोधन अमान्य भएको जनाएको छ ।

बारले गत आसोज २ गते गरेको निर्णयबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको स्मरण गराउँदै सच्च्याउन माग गरेको छ ।

बारले २०८० असोज १ गते नेपाल राजपत्रमा प्रकाशित न्याय परिषद्को सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति बिमती जनाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संशोधनले नेपालको संविधानको धारा १४१ (३), प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तसँग प्रत्यक्षरुपमा बाझिन गएको छ र यो संशोधन पश्चगामी, विभेदपूर्ण, पूर्वाग्रही र स्वेच्छाचारी रहेको हुँदा खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ०३ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको