जाहेरी दिन देउराली सहकारीका निक्षेपकर्तालाई सीआईबीको आग्रह « Khabarhub

जाहेरी दिन देउराली सहकारीका निक्षेपकर्तालाई सीआईबीको आग्रह


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।

केही पीडित उजुरी लिएर आएको र उनीहरूको उजुरी दर्ता भएको जानकारी गराउँदै सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेको भए जाहेरी दिन बचतकर्तालाई आग्रह गरे । 

उक्त सहकारीबाट अहिलेसम्म झण्डै ५० करोड बिगो बराबरको रकम हिनामिना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।

निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ५२ बजे

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार

पाेखरा- गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ ।

सशस्त्र प्रहरीकी सहायक निरीक्षक निम दिकी शेर्पाबाट लोबुचे हिमालको सफल आरोहण

काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले लोबुचे हिमालको

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी– कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा

ट्रम्पले एकसाथ इटालीकी प्रधानमन्त्री र पोप लियोमाथि साँधे निशाना

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ पोप लियो र इटालियन

कांग्रेस आधिकारिकताबारे नेता महर भन्छन्– ‘ढिलो न्याय पाउनु पनि नपाउनु सरह हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्याय सम्पादनमा समयमै न्याय