पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला | Khabarhub Khabarhub

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् । मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ । 

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (साइपाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषिउपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्री पनि राखिने भएको छ ।

हाटबजारमा तिहारलाई लक्ष्य गर्दै रैथाने खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापरलगायत विभिन्न तरकारी पनि बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताए । 

उनका अनुसार सो अवसरमा तीन दिनसम्म सयपत्री फूल मेला-२०८० समेत आयोजना गरिनेछ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी जमिनमा सयपत्री फूल लगाएको र उत्पादित फूल पनि बिक्रीमा राखिनेछ । सयपत्री फूलमा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए। प्रमुख कडरियाले भने, ‘यसपालीको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।’ महानगरपालिकाले सयपत्री फूलको दररेटसमेत तोकेको छ । 

महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा फूलको दर तोकिएको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच देखि दस, १५ ग्राम तौल भएको एकथुङ्गाको मूल्य चार र पाँचदेखि दस ग्राम तौलको फूल रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, रु एक सय ८० र रु एक सय ५० तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य रु चार सय तोकिएको छ । 

श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवर्द्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछन् । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १२ : ४० बजे

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं- १२ कक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

काठमाडौं– नेपाल पत्रकार महासङ्घ युकेले १४ औँ वार्षिकोत्सव मनाएको छ

समुद्र मन्थनपछि अमृतको पिण्ड स्थापना भएको धरानस्थित ‘पिण्डेश्वर महादेव’

धरान– धरानको पिण्डेश्वर बाबाधाम परिसर यति बेला आध्यात्ममय भएको छ

बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका