भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त « Khabarhub

भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा त्रिपालको सहारामा  चिसो रात कटाउन बाध्य भएका छन् । 

भूकम्पले घर पूर्णरुपमा क्षति पुर्‍याउदा शनिबारदेखि नै त्रिपाल साहारा बनेको र त्रिपालमै चिसो रात कटाउनु परेको आठबीसकोट नगरपालिका–१३ भल्लमाका ४१ वर्षीया हरिबहादुर ओलीले बताएका छन् । त्रिपालमा चिसो रात कटाउन आफ्नो परिवारलाई निकै मुस्किल भएको उनको गुनासो थियो  ।

 गत शुक्रबार गएको भूकम्पले आठबीसकोट नगरपालिकाकामा चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र  अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।

नगरपालिकामा भएका जम्मा आठ हजार छ सय ३७ घरमध्ये चार हजार दुई सय ७३ घर पूर्णरुपमा क्षति हुँदा दुई हजार १८ घरमा आंशिक क्षति पुगेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहको भनाइ थियो । भूकम्पले नभएका वडामा पनि सामान्य क्षति पुगेको छ । सामान्य क्षति हुनेमा एक हजार सात सय घर छन् । त्यस्तै स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नमा पनि ठूलो क्षति पुगेको छ । 

घरमा राखिएको धान, गँहु र मकै पनि पुरिएर क्षति  हुनाका साथै १४ वटा भैँसी, आठ वटा गोरु, ६१ वटा भेडाबाख्रा र पाँच सय ७८ कुखुरा मरेको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा ५२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । अहिले ती क्षेत्रमा पीडितलाई राहत वितरणको काम चलिरहेको छ  । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  २ : ४३ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन