राष्ट्रियसभाका अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट « Khabarhub

राष्ट्रियसभाका अध्यक्षसँग चिनियाँ प्रमण्डलको भेट


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रबद्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले राससलाई जानकारी दिए।

अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिएको कुरामा जोड दिए। उनले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेकोसमेत बताए।

“हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ, यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ”, उनले भने, “एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन, हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता फेरि पनि दोहोर्याउन चाहन्छौँ ।”

यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे । सो अवसरमा उनीसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गरेका थिए ।

उनले आफ्नो भ्रमणका क्रममा सीमानाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकामा धन्यवाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साङ्घाइबाट सिधा उडान गर्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा जलविद्युत्, कृषि उत्पादन, फर्निचर उत्पादनलगायतका उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायी इच्छुक देखिएकाले त्यसका लागि वातावरण बनाउन दुवै देशले पहल गर्ने विश्वास व्यक्त गरे । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीनले पुर्याएको सहयोगका लागि धन्यवादसमेत दिए ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनःनिर्माणको काममा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाए । उनले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएको बताए।

उनले तिब्बत सरकारले पनि पुनःनिर्माण र राहतमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए । ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएकाले छिट्टै ल्हासा–काठमाडौँ उडान सञ्चालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : १३ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो