भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग « Khabarhub

भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ एकाइ समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु दुई लाख ५१ हजार पाँच सय ५५ सहयोग गरेको छ । समितिले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनधनको क्षति व्यहोरेका त्यस क्षेत्रको पीडित जनताको पुनःस्थापना र उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

भूकम्पपीडितका लागि नेपाली कांग्रेसले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेको कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए। एकाइ समितिले उक्त रकम आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिएका सम्बन्धित क्षेत्रका जनताको तत्काल उद्धार र घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनालाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको सभापति न्यौपानेले बताए ।

यसअघि सो समितिले कात्तिक २५ गते चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेकामा भूकम्पका कारण पार्टी केन्द्रको निर्देशानुसार उक्त कार्यक्रम रद्द गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ४७ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि