विश्व विज्ञान दिवसमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना | Khabarhub Khabarhub

विश्व विज्ञान दिवसमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व विज्ञान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गरेका छन् । 

शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताएका छन् । 

उनले भने, ‘नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ। अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ।’ 

उनले आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चारमाध्यमहरुविद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको बताएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ३६ बजे

शासकले ‘प्रेत जगाउन’ खोज्दैछन्‌

ऐतिहासिक संविधान सभामार्फत् वि.सं. २०६५ मा घोषणा गरिएको सङ्घीयता वि.सं.

विद्यार्थीको टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं– हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको

मनसुन बाहिरिन सुरु, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा – प्राकृतिक सौन्दर्य र वीरताको गाथाले मात्र होइन बारपाकको

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार सन्